चितवनमा श्रावण २४ देखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिने भएको छ । खोप २६ गते सम्म लगाइने छ।

स्वास्थ्य कार्यालय चितवनले आज शुक्रबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई आइतबारदेखि मंगलबारसम्म दोस्रो डोज दिइने कार्यालयले जनाएको छ ।

चितवनको ७ वटै स्थानिय तहमा खोप कार्यक्रम संचालन हुने पनि कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार