चितवनको रत्ननगरमा रहेको न्यू क्यापिटल कलेजले आफ्नो नयाँ रेकर्ड बनाउन सफल भएको छ। कलेजका विद्यार्थीहरुले छात्रवृत्तिमा नाम निकालेर नयाँ रेकर्ड बनाउन सफल भएका हुन्। कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले एमबीबीएस, इन्जिनियरिङ ,एजि र भेटको छात्रवृत्ति परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भएका छन् ।

विज्ञान र व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा दिदै आएको यस कलेजले यस पटक आफ्नो नयाँ रेर्कड कायम गरेको छ । पूर्वी चितवनमा मात्रै नभई जिल्लामा फरक पहिचानसहित उत्कृष्ट नतिजा दिदै आएको न्यू क्यापिटलका विद्यार्थीहरुले बर्ष जिल्लाकै सबै भन्दा धेरै छात्रवृत्ति पाउन सफल समेत भएका हुन् ।

कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याई पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन । यो कलेजका प्रशान्त पनेरु र अनुस्का त्रिपाठीले एमबीबीएसमा छात्रृत्ति पाएका हुन् । जस मध्ये पनेरुले ११ औँ  र त्रिपाठीले ७३ औँ स्थानमा नाम निकालेका हुन् ।

यस्तै विईमा १० जना, फोरेष्टीमा ४ जना, एजीमा १४ जना, भेटमा १ जना र वि फर्मामा १,वि नर्सिङमा १ जनाले उत्कृष्ट नतिजा ल्याई छात्रवृत्ति ल्याउन सफल भए ।

न्यू क्यापिटल कलेजको विद्यार्थी मैत्री शिक्षण सिकाईका कारण हरेक वर्ष आफुहरुले गरेको प्रयास र विद्याथीहरुको मिहिनेतबाट नै सफलता पाएको कलेजका प्रचार्य भूपेन्द्र धितालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार