राप्ती नगरपालिकामा बैशाख यता कुल कोरोना संक्रमितको संख्या ५८९ पुगेको छ। जसमध्ये ३०९ जना पुरुष र २८० जना महिला रहेका छन्।

राप्ती नगरपालिका स्वास्थ शाखाको तथ्यांक अनुसार नगरमा हाल सक्रिय संक्रमितको संख्या ८४ रहेको छ। संक्रमणबाट १५ जनाले ज्यान गुमाएका छन् भने ४९० जनाले कोरोनालाई जितेका छन्।

शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार भण्डारा अस्पतालले ९३५ एन्टीजेन परिक्षण गरेकोमा ३२३ जनामा कोरोना पुष्टि भएको छ।

सक्रिय संक्रमित धेरै माथि पुगिसकेको थियो। हाल निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्यामा केही कमि आएको न्यौपानेले बताउनुभयो। लक्षण देखिएका तर परिक्षण नगरेका कारणले कोरोना संक्रमण बढ्दो भएको पनि उहाँले बताउनुभयो।

हप्ताको तीन दिन आइतबार,मंगलबार र बिहीबार भण्डारा अस्पताल मै कोरोना परिक्षण हुने उहाँले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार