लियो क्लब अफ चितवन पर्साले चितवनको विभिन्न ठाउँमा गरि एक प्रोजेक्ट सम्पन्न गरेको छ। समाजसेवामा सदैव अगाडि रहेको क्लबद्वारा यस चरणमा अलि भिन्न प्रोजेक्ट सम्पन्न गर्न सफल भएको हो।

क्लबले प्रोजेक्ट अन्तरर्गत खुला रुपमा सडकमा हिडेका कुकुरहरुलाई खाना खुवाउने,मेडिकल उपचार गराउने तथा बिरामी कुकुरहरुको उद्वार गर्ने कार्य गरेको छ।

यही असार १७ गते देखि साउन १६ गतेसम्म street dog feeding ,medical treatement and rescue project  सञ्चालनमा ल्याएको थियो।

पृथ्वीमा सबैको बाच्ने अधिकार रहेको क्लबको सचिब देबेन्द्र श्रेष्ठले  बताउनुभयो। “पृथ्वी एउटा साझा घर हो ,त्यसमा स्वतन्त्र रुपले बाँच्न पाउने अधिकार हरेक प्राणी लाई रहेको छ । त्यस साझा घरको सदस्य कुकुर जो सडकमा बेसाहारा बनी रोग र भोगले ग्रसित भैरहेको अवस्थालाइ मध्यनजर गर्दै पहिलो चरणको प्रोजेक्ट असार १७ देखि साउन १६ गते सम्म संचालन गरिएको हो” उहाँले भन्नुभयो।

आगामी दिनहरुमा आवश्यक परेको खण्डमा यस प्रोजेक्टलाई निरन्तरता दिने क्लबको अध्यक्ष नितिन बस्नेतले जानकारी दिनुभयो ।

यस प्रोजेक्टको संयोजक सुदन क्षेत्री र सह-संयोजक समीर भण्डारी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार