राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरे निवासी ३० बर्सिय भोज बहादुर बिक यतिखेर मृगौलाको रोगबाट चितवन मेडिकल कलेज भरतपुरमा जीवन र मरणको दोसाँधमा छन ।सामान्य आरन ब्यबसाय सन्चालन गरेर जिबन चलाउदै आएका बिक को आर्थिक अबस्था कमजोर भएकै कारण थप उपचारका लागि समस्या परेको छ।

राप्ती उद्योग बाणिज्य संघका सचिब तथा झुरझुरे खानेपानी सरसफाइका अध्यक्ष नवराज पाठक (श्याम) र पन्चकन्या टोल बिकाश संस्था राप्ती ३ का अध्यक्ष गोपाल बिश्वकर्माको अग्रसरतामा आज बिक को घरमा पुगि उहाको परिवारलाई भोज बहादुर बचाउ अभियानबाट संकलन भएको रु. ५४,६५५ हस्तान्तरण गरिएको छ।

देश बिदेशमा रहनु भएका साथी,आफन्त आदिबाट संकलन गरिएको उक्त रकमले अहिले तत्कालको लागि उपचारमा सहयोग पुग्ने र थप रकम उठ्ने क्रम जारी रहेको जानकारी गराउदै नवराज पाठक श्यामले सहयोगी ब्यक्तिहरुमा धन्यवाद दिनु भयो ।सहयोग रकम हस्तान्तरण कार्यक्रममा शिव शक्ति सामुदायिक बनमा अध्यक्ष सानुलाल बिक ,युवा व्यावसायि लोकेन्द्र श्रेष्ठ ,रत्न लोप्चनको जीवन उप्रेतीको उपस्तिथि थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार