राप्ती नगरपालिका वडा नम्बर २ निवासी स्व.मिनकुमारी नहर्किको परिवारलाई किरिया खर्च प्राप्त भएको छ।अति विपन्न नहर्की परिवारलाई किरिया खर्च बापत बापत १० हजार रुपैयाँ प्राप्त भएको हो। रकम सो वडाका वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले हस्तान्तरण गर्नुभएको हो।

यस अघि पनि आफूले पाउने सेवा सुविधाबाट खर्च दिदैँ आएका वडा अध्यक्ष उप्रेतीले यसपाली पनि एक कार्यक्रमको आयोजना गर्दै राप्ती नगरपालिका २ को तर्फबाट रकम हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा राप्ती नगरपालिका वडा नम्बर २ सदस्य शान्ती बि.क, सुरदेबी टोल बिकास संस्थाका अध्यक्ष दिपेन्द्र थपलिया , सुरदेबी युबा क्लबका पुर्ब अध्यक्ष कमल रुवाली , पिप्ले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सह-सचिब एबम् युवा संघ राप्ती २ इन्चार्ज बिनोद बर्तौला , राष्ट्रिय युवा संघ राप्ती २ समयोजक रन्जन श्रेष्ठ , निर्देशन त्रिपाठी ,बिनोद थापा ,अमृत रुवाली लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार