राप्ती जेसिजका कार्यकारिणी उपाध्यक्ष सुजन थापाको  जन्मदिनको अवसरमा देवघाट समाज कल्याण केन्द्र ( वृद्धाश्रम) मा करिव ५० जना वृद्धवद्धालाई खाना खुवाइएको छ।

कार्यकारिणी उपाध्यक्ष थापाले आफ्नो हरेक जन्मदिन यसरी नै मनाउदै आएको उनी बताउछन्। “सेवा नै धर्म हो। हामी मानिस भएर जन्मिए पछि आफ्नो बारे मात्र नभइ अरुको बारेमा पनि सोच्नुपर्दछ।” उनले भनेँ।

जन्मदिनको अवसरमा अन्य फजुल खर्च गर्नुभन्दा त्यो रकमले मानव सेवा गर्नु उत्तम हुने पनि उनले बताए।

राप्ती जेसिजको समन्वयमा वृद्धाश्रममा खाना खुवाइएको थियो।

खाना खुवाउने कार्यक्रममा राप्ती जेसिजको अध्यक्ष दिनेश सेढाई, कोषाध्यक्ष अभियान पाठक, उपाध्यक्ष प्रजित रुवाली,सौरभ कडेल ,निर्देशक सन्जय काराखेती ,श्रीकृष्ण गौतम साथमा सुजन थापाको आमाको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार