
अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
गहन अध्ययनपछि आज (बुधबार) राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन्
सरकारले मंगलबार नै अध्यादेश पठाए पनि राष्ट्रपति भण्डारीले त्यसलाई रोकेर राखेकी थिइन् र आज मात्रै जारी गरेकी हुन्।
अब अध्यादेश अनुसार २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहेमा दल फुटाउन सक्नेछन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले अध्यादेश जारी भएको जानकारी दिएका छन्।