राप्ती नगरपालिकाद्वारा रासायनिक मल बिक्री वितरण गर्ने सहकारी तथा फर्महरुको नविकरण गर्ने बारे सूचना प्रकाशन गरिएको छ ।

राप्ती नगरपालिकाले नगरभित्र रहेका रासायनिक मल बिक्रि वितरण गर्ने सहकारी फर्महरुलाई नविकरण गर्नको लागि सूचना प्रकाशित गरेको हो।

अनुदानको रासायनिक मल विक्री वितरण निर्देशिक २०७७/०७८ को रासायनिक मल विक्री वितरणको सुचिमा दर्ता भई रासायनिक मल विक्री वितरण गरिरएका सहकारी संस्था, प्राइभेट फर्महरुले आर्थिक वर्ष २०७८/०७९ को लागि नविकरण गर्न सूचनामा उल्लेख गरिएको छ ।

सुचनामा यही भाद्र १५ गते भित्र सम्बन्धित फर्म तथा सहकारीहरुले आवश्यक कागजपत्र सहित नगरपालिकामा पेश गर्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार