नेकपा एमाले समाजवादीकी नेता रामकुमारी झाँक्रीले पार्टी एकताको सम्भावना अझै कायमै रहेको बताएकी छन्।नयाँ दल दर्ता भए पनि नेकपा एमालेसँग एकता हुन सक्ने उनले बताइएका छन। चुनाव अगाडि वा पछि पनि दल एकता हुन सक्ने उनको भनाइ रहेको छ।
नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा पुगेकी झाँक्रीले पत्रकारहरूसँग कुराकानी गर्दै आफूहरू अझै सिंगो एमालेकै पक्षमा रहेको पनि बताइन्।पार्टी निर्माण भएपछि उनले सरकारमा सहभागी हुनेबारे निर्णय गरिने बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार