आठ लाख मात्रा भेरोसेल खोप चिनबाट काठमाडौं आइपुगेको छ।गए राति सवा १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए।

उनकाअनुसार नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो। बाँकी रहेको खोप भने बिहीबार बेलुकी आठ बजे आउने उनले बताएका छन्। यो खोप सरकारले खरिद गरि ल्याएको थापाले बताए। उनले भने’भेरोसेलको पहिलो डोज लगाएर बसेकाहरूलाई यो खोप दिइनेछ’।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार