चितवन,भदौं ४-

चितवनमै सवारी चालक अनुमती पत्र को नविकरण हुने भएको छ । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले पहिलो निर्णयबाट चितवनको भरतपुरबाटै लाइसेन्स नविकरण गर्ने व्यवस्था गरेका हुन । अबको केही दिनपछि चितवनबाटै साना–ठूला सबै सवारी साधन चालकको लाइसेन्स नविकरण हुनेछ ।

यस्तै नयाँ लाइसेन्स लिनका लागि पनि चितवनको आँपटारीमा रहेको जग्गामा संरचना निर्माणको काम अघि बढाउने तयारी गरिएको मन्त्रालयका सचिव संजीव वरालले नारायणी अनलाइनलाई जानकारी यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा कर्मचारीको दरबन्दी थप गरेर लाइसेन्स नविकरणको काम गरिने छ । साथै मन्त्री पाण्डेले अनलाइनबाटै राजश्व तिर्न सकिने व्यवस्था गरेको नेपाल यातायात व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए । पुरानो नारायणी यातायातका प्रालिका निर्देशक शंकर गिरीले मन्त्रालयको निर्णयले चितवन र आसपासका जिल्लाका सबै सवारीसाधन चालकलाई खुसी बनाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार