
एक दिन अचानक
उन्को आखाँबाट आशुँ झर्यो
त्यो तिनै आँखा थियो-
जो हरबखत मुस्काइरहन्थ्यो
जो जिस्किरहन्थ्यो आफ्नै ढुक्ढुकी संग
जो बद्लालिरहन्थ्यो आफैले फेरेको सास संग
त्यो तिनै आँखा थियो-
कैलेकाहिं जलिदिन्थ्यो त्यो बैशालु हावा संग
जो सिङ्गौरी खेल्न खोज्थ्यो प्रीयतमाको सल संग
कैलेकाहिं रिसाइदिन्थ्यो,आफ्नै याराहरु संग
जो हल्ला गरिदिन्थ्यो उस्को एकान्त संग
त्यो तिनै आँखा थियो
जो बाटो थियो एउटा दृस्टिकोणको
र कैलेकाहिँ दौडिन्थ्यो अंहकारको घोडा
त्यो तिनै आँखा थियो
बैशालु रंगहरुमा लपक्कै भिजेको
नशालु सपनाहरुमा चम्किरहेको
रहरहरुमा झुलिरहेको
हो त्यो तिनै आँखा थियो
जहाँ असफल्ताहरुको केही शृङ्खला थिए
जहाँ बर्शौं देखि जमेका केहि
दु:खका बुँदहरु थिए
एक दिन अचानक
उन्का आखाँबाट आँसु झर्यो
आशाको उज्यालो हरायो कि? छोपिदियो निराशाले?
आत्माहत्या गरिदियो कि? जिउन चाहने जिजिबिषाले!
दुर्घटिट पो भैदियो कि?आफ्नैं आखाँ भित्र खुशिहरु?
एक दिन अचानक
उन्को आखाँबाट आँसु झर्यो!
खासमा,त्यो आँसु नै उन्को जिन्दगी थियो!