माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ । अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अर्थात् नेकपा एकीकृत समाजवादी हुने नेता नागेन्द्र चौधरीले जानकारी दिए ।

नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताए ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली अनुसार शुक्रबार नयाँ निवेदन दिँदा नाम पनि फेरिएको छ । चुनाव चिन्ह भने तय भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार