काठमाडौं, भाद्र ५ : चर्चित कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । उनको आज बिहान ४:३० मा निधन भएको हो । कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले उनको निधन भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् । उनलाइ ललितपुरको पाटन अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिए थियो । शम्भु राज थापाको स्वास्थ्यमा जटिलता देखिदै आएको कारण भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो l

शम्भुराज थापा पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्रमा अभिनय गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार