
काठमाडौं,भदौ ५ । आज देशभर थप २ हजार ७५ जनामा कोरोना भाइसर संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७५ जनाको आरटी पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज देशभर २ हजार ३ सय ८२ जना संक्रमणमुक्त भएका छन् ।
यसैगरी आज थप ३० जना संक्रमितको मृत्यु भएको छ ।