सिन्धुपाल्चोकमा निरन्तर वर्षाका कारण मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन् ।

पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् । पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पहिरो आएर खैरेका बस्ती जोखिममा परेको स्थानीयवासी कान्छामान दोङकाले बताए । पटकपटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएकोस्थानीयवासी गुनासो रहेको छ ।

वडाध्यक्ष ठकराज गिरीले तत्काल नगरपालिकामा जानकारी गराइ प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार