अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद साहजादले एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम चितवन टाइगर्ससँगको ‍सम्झौतालाई निरन्तरता दिएका छन्। ३४ वर्षे साहजाद चितवनबाट त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उत्रिनेछन्।

चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय छ।

प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्। जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन्।

साहजाद यसअघि पनि चितवन टाइगर्समा आवद्ध थिए। तर कोभिड १९ को संक्रमण बढेसँगैं इपीएल स्थगित हुँदा उनी २०१९ मा नेपाल आएर खेल्न पाएका थिएनन्।

विकेटकिपर ब्याट्सम्यान साहजाद अफगानिस्तानलाई क्रिकेटलाई उचाइमा पुर्‍याउने मध्येका प्रमुख खेलाडी हुन्।

दाँहिने हाते ब्याट्सम्यानले अफगानिस्तानलाई सन् २०१० देखि चारपटक ट्वान्टी–२० विश्वकपमा पुर्‍याउदा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। क्यानाडाविरुद्ध २०१० को अन्तरमहादेशीय कपमा उनले चौथो इनिङ्समा नटआउट २१४ रन बनाएपछि अफगानिस्तानले ४ सय ९४ रनको लक्ष्य पूरा गरेको थिय । साहजादले २०१६ आईसीसी एसोसिएट एन्ड एफिलिएट क्रिकेट वर्षको उपाधि जितेका थिए। यो उपाधि जित्ने अफगानिस्तानका पहिलो खेलाडी हुन्। त्यसको अर्को वर्ष उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा एकैदिनमा दुई अर्धशतक बनाएर दुर्लभ कीर्तिमान हात पारेका थिए। दुबईमा डिजर्ट ट्वान्टी–२० च्यालेन्जमा उनले दिउसोको खेलमा ओमान र साँझको खेलमा आयरल्यान्डविरुद्ध अफगानिस्तानलाई विजय दिलाउदा दुबै खेलमा अर्धशतक बनाएका थिए।क्यानाडाविरुद्ध २०१० को अन्तरमहादेशीय कपमा उनले चौथो इनिङ्समा नटआउट २१४ रन बनाएपछि अफगानिस्तानले ४ सय ९४ रनको लक्ष्य पूरा गरेको थिय । साहजादले २०१६ आईसीसी एसोसिएट एन्ड एफिलिएट क्रिकेट वर्षको उपाधि जितेका थिए। यो उपाधि जित्ने अफगानिस्तानका पहिलो खेलाडी हुन्।अफगानिस्तानले २०१८ मा भारतविरुद्ध आफ्नो पहिलो टेस्ट खेल्दाका सदस्य हुन् उनी। २००९ मा नेदरल्यान्ड्सविरुद्ध उनले एमस्टलभिनमा बनाएको १ सय १० अफगानिस्तानका खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक थियो।२०१८ को एसिया कपमा भारतसँग बनाएको शतक उनको विशेष इनिङ्समा पर्छ। उनले शतक पुरा गर्दा अफगानिस्तानको कुल स्कोर १ सय ३१ रनमात्र थियो । उनको १ सय २४ रनमा अफगानिस्तानले २५२ रन बनाएको थियो । अफगानिस्तानले सो खेल टाईमा टुंग्याएको थियो ।उनले अफगानिस्तानबाट कुल ८४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६ शतक र १४ अर्धशतकसहित २७२७ रन बनाए। उनको औषत ३३ माथि रहेको छ । त्यस्तै ६५ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उनले १३४ माथिको स्ट्राइकर रेटमा झन्डै २ हजार रन बनाएका छन् । एकदिवसीयमा अविजित १३१ र ट्वान्टी–२० मा अविजित ११८ रन उनको उच्च स्कोर हो।साहजादसँग बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, अबुधावी ट्वान्टी–१० लिग, अफगानिस्तान प्रिमियर लिगमा खेलेको अनुभव छ ।‘गत वर्ष जहाँ टुंगिएको थियो, त्यहीबाट साहजादलाई निरन्तरता दिन पाउदा हामी निकै उत्साहित छौं। उनी एक स्थापित अन्तर्राष्ट्रिय क्रिकेटर रहेकाले उनको अनुभवलेटाइगर्सको युवा ब्याटिङ लाइनअपलाई उत्साह र अनुभव प्रदान गर्नेछ,’ चितवन टाइगर्सकी अप्रेसन डाइरेक्टर विनिता चौधरी भट्टराई बताउँछिन्।‘काठमाडौंमा छक्का वर्षा गर्नलाई आतुर छु । नेपालका प्रशंसकहरु विश्वकै धैर्यवान प्रशंसक हुन्। चितवनबाट खेलेर सबैलाई मनोरञ्जन प्रदान गर्न तयार छु,’ मोहम्मद साहजादले भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार