काठमाडौं, भदौ ९ – नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा गुटगत छलफलहरुले तीव्रता पाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु पनि बिहानैदेखि आन्तरिक छलफलमा छन् । उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा छलफल भएको एक नेताले बताए ।

उक्त बैठकमा वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री सिंहसँगै महामन्त्री डा. शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा।मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, जीवन परियारलगायत उपस्थित छन् । क्रियाशील सदस्यताबारे भएको सहमति, जिल्ला सभापतिहरुले राखेका माग लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार