नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले ल्याएको र वर्तमान सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य एउटै नभएको बताएका छन्।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि आफूले दल विभाज अध्यादेश ल्याएको दाबी गर्दै अहिले नेकपा एमालेको अन्तरविद्रोहलाई विभाजनमा पुर्‍याउन अध्यादेश ल्याइएको बताए।

आफूहरुले ल्याएको अध्यादेश र परमादेश सरकारले ल्याएको अध्यादेशको उद्देश्य नियत, प्रक्रिया, मनसाय सबै फरक रहेको ओलीको भनाइ छ । पार्टी फुटाउने उद्देश्यसाथ अध्यादेश ल्याउनु अनैतिक कार्य भएको ओलीले बताएदेश बचाउन अध्यादेश ल्याइएको प्रचण्डको भनाइको उनले खण्डन गरे।

‘यो अध्यादेश नल्याएको भए देश के हुन्थ्यो? देश बरफको डल्लो हो ? पग्लिनलाई? यो एमाले फुटाउन नपाएको भए देश के हुन्थ्यो? यो अनैतिक अध्यादेश नआउँदा देशलाई केही फरक पर्दैनथ्यो,’ उनले भने। ‘त्यतिबेला पार्टी फुटाउने उद्देश्यले अध्यादेश ल्याइएको थिएन, त्यतिबेला कुनै पनि पार्टी फुटोस् भन्ने हाम्रो उद्देश्य थिएन, हामीले ल्याएको अध्यादेशमा ४० प्रतिशत संविधानले गरेको व्यवस्था हो, हामीले संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत भनेका थियौं, संविधानको कार्यान्वयनका लागि अध्यादेश ल्याइएको हो’, अध्यादेश जारी गर्नु आफैंमा असंवैधानिक नभएको बताउँदै ओलीले भने, ‘तर संसद् नचलेका बेला तत्काल आवश्यक परेको बेला अध्यादेश ल्याउन सकिन्छ, अहिले नेकपा एमालेको अन्तरविद्रोहलाई विभाजनमा पुर्‍याउन अध्यादेश ल्याइएको हो।’

उनले माधव नेपाललाई सहज होस भनेरै रातारात अध्यादेश ल्याएको बताए। ‘माधव नेपालसँग जति संख्या पुग्छन् त्यति मात्रै व्यवस्था गरेर अध्यादेश ल्याएको भए हुन्थ्यो नि, माधवले एमाले फुटाएपछि अध्यादेश फिर्ता लिइनेछ भन्ने व्यवस्था राखेको भए हुन्थ्यो, तर उहाँहरु आफै थर्कमान हुनुहुन्छ, आफ्नै पार्टीमा पहिरो नजाहोस् भनेर,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार