भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नम्बर ५ का ६१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिए पछि भदौ २४ गते अस्पताल भर्ना भएका उनको २५ गते सङ्क्रमण पुष्टि भएको थियो ।

उनको आज साँझ ७ वजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । सोही अस्पतालमा बिहिबार र शुक्रबार खोकी, ज्वरोका कारण र श्वासप्रश्वासका कारण तीन जनाको मृत्यु भएको छ । उनीहरुको पिसीआर परिक्षणको नतिजा आउन बाँकी रहेको छ । हल सम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार