राजेश प्रजा/राप्ती-झुरझुरे गाउँ युवा एकता (जेभिवाई युनिटी)द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राप्ती नगरपालिका स्थित ३ ओम बासुकी पेट्रोल पम्पको परिसरमा आयोजित उक्त कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् । जसमा ४३ पुरुष र १ जना महिला रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेरेसो चितवन जिल्ला शाखा सदस्य तथा संकट तथा विपद् व्यवस्थापन समिति चितवनका सदस्य महेश्वर थपलिया हुनुहून्थ्यो । यस्तो विषम परिस्थितिमा पनि कार्यक्रम आयोजना गरेकामा उहाँले क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष दिनेश विसुन्केले गर्नुभएको थियो । कोरोना कहरका कारण रगतको चरम अभाव भएकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बिसुन्केले बताउनु भयो ।

निरन्तर वर्षाले गर्दा कार्यक्रममा केहि अवरोध भएपनि भव्य तरिकाले कार्यक्रम सफल भएको पनि उहाँले बताउनु भयो । कार्यक्रममा सहभागी सम्पूर्णमा उहाँले आभार व्यक्त गर्नुभएको छ । कार्यक्रम भोलि शनिबारको लागि तय गरिएता पनि विशेष कारणवश आज गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार