श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ ।

विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।

आजको दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना,भजनकीर्तन गरि यो पर्व मनाइन्छ।

साथै नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार