नेपाली काँग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आागामी महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवारी दिएका थिए । उक्त समय पराजित भएका थापा १४ औ महाधिवेशनमा भने बाजी पक्का बाजी मार्ने दाउमा छन् । उनलाई यो पटक पार्टीको सभापति देखि वरिष्ठ नेताको पनि साथ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार