राप्ती नगरपालिकामा बैशाख यता कुल कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ। जसमध्ये ३३९ जना पुरुष र ३१८ जना महिला रहेका छन्।

राप्ती नगरपालिका स्वास्थ शाखाको तथ्यांक अनुसार नगरमा हाल सक्रिय संक्रमितको संख्या ४० रहेको छ। संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् भने ५९५ जनाले कोरोनालाई जितेका छन्।

शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार भण्डारा अस्पतालले १०४४ एन्टीजेन परिक्षण गरेकोमा ३५३ जनामा कोरोना पुष्टि भएको छ।

सक्रिय संक्रमित धेरै माथि पुगिसकेको थियो। हाल निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्यामा केही कमि आएको न्यौपानेले बताउनुभयो। लक्षण देखिएका तर परिक्षण नगरेका कारणले कोरोना संक्रमण बढ्दो भएको पनि उहाँले बताउनुभयो।

हप्ताको तीन दिन आइतबार,मंगलबार र बिहीबार भण्डारा अस्पताल मै कोरोना परिक्षण हुने उहाँले बताउनुभयो।

कोरोनाको संक्रमणबाट बच्न जनस्वास्थ्य मापदण्डको अवलम्बन गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार