
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले आफू युवाहरूको साझा उम्मेदवार भएको दाबीसमेत गरेका छन्। गुरूङ नेविसंघका पूर्वसभापति पनि हुन्। युवालाई नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा उनी छन्।