राजेश प्रजा,राप्ती-राप्ती नगरपालिका वडा नं. ६ को वडा भवन उद्घाटन भएको छ। आज बिहीबार एक कार्यक्रमको आयोजना गरि भवन उद्घाटन गरिएको हो।

भवनको उद्घाटन निवर्तमान प्रदेश मन्त्री दावा लामा, राप्ती नगर प्रमुख प्रभा बराल र नगर उप प्रमुख इमानसिंह लामाले संयुक्त रुपमा गर्नुभएको हो।

कार्यक्रममा कार्यपालिका सदस्यहरु,राप्ती नगरपालिका वडाका वडाध्यक्षहरु,विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधि, शैक्षिक संस्थाका अध्यक्ष तथा प्राध्यापक, टोल विकास संस्थाका अध्यक्षहरु तथ समाजसेवीहरुको उपस्थिति रहेको थियो।

सो वडाका वडा अध्यक्ष जल्लु महतोको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य कार्यपालिका सदस्य पुस्पा कुँवरले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन वडा सदस्य राज कुमार लामाले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार