संघीय लोकतान्त्रिक नेपालको पहिलो कार्यकाल भएकोले आफूहरुको कार्यकाल सुखद नरहेको राप्ती नगरपालिकाका उपमेयर इमान सिंह लामाले बताउनुभयो।

आज राप्ती ६ को वडा भवन उद्घाटन कार्यक्रममा बोल्दै लामाले उत्पादनमूलक भन्दा पनि अनुत्पादन संरचनामा बढी खर्च गर्नुपरेको उहाँले बताउनुभएको हो। अनुत्पादन संरचनामा १३ वडा वडा भवन, स्वास्थ संस्था सामुदायिक संस्थाहरु रहेका छन् ।

सेवा दिने भवन नै नहुँदा कामहरु गर्न नसकिने पनि उहाँले बताउनुभयो। “यी सबै निर्माणहरुले गर्दा हामी भन्दा पछि आउने जनप्रतिनिधिहरुलाई केही हदसम्म भए पनि सहज हुने छ।”

कार्यकालको सुरुवाती अवस्था एकदम कठिन रहेको पनि उहाँले बताउनुभएको छ। “सुरुवाती अवस्थामा एउटै भवनबाट सम्पूर्ण वडा तथा शाखाका कामहरु गर्नुपर्थ्यो तर अहिले सबै ठाउँमा वडा भवनहरु निर्माण भएर सेवा दिन थालिसकेको छ।” उहाँले भन्नुभयो।

बितेको दिनलाई सम्झिदैँ उहाँले भर्याङ मुनिबाट निहुँरेर कार्यालय प्रवेश गर्नुपरेको बताउनुभयो।

बजेट आएर पनि त्यसलाई समयमा खर्च गर्न नसक्नु दुखद भएको पनि उहाँले बताउनुभएको छ। संरचना निर्माणमा ठेकदारहरुले समयमा काम नगरिदिनाले यस्ता परिस्थिति आएको पनि उहाँले बताउनुभयो। “कुनै पनि काम गर्नलाई वास्तवमा ठीक ठाउँमा ठीक मान्छे ठीक समयमा परेन भने दुख पाइन्छ भन्ने कुरा यो भवनले पनि देखाएको छ।”

वडाहरुमध्ये सबैभन्दा सुरुमा निर्माण सुरु गरेर निर्माण सम्पन्न हुन समय लाग्नु दुखद रहेको उहाँको भनाई छ। ठेकेदारहरुले समयमा काम सम्पन्न नगरिदिदाँ आफू लगायत वडा समितिहरुले धेरै संघर्ष गर्नुपरेको पनि उहाँले बताउनुभएको छ।

यी सबै संघर्षको बाबजुद आज वडा कार्यलय भवनको उद्घाटन समारोह सम्पन्न भइरहँदा खुशी लागेको उहाँले कार्यक्रममा बोल्दै बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार