राप्ती नगरपालिका वडा नम्बर ६ ले वडा भवन निर्माणमा सहयोग पुर्याउनु हुने चार जनालाई सम्मान गरेको छ। आज वडा भवन उद्घाटनको अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो।

सम्मानित हुनेहरुमा इन्जिनियर अर्जुन पौडेल, सब इन्जिनियर रुपक सुवेदी, राप्ती नगरपालिका सुचना तथा प्रविधि शाखा प्रमुख लक्ष्मी कँडेल रहनुभएको छ।

वडा भवनको निर्माणमा इन्जिनियरिङ तथा प्राविधिक फाँटमा सहयो पुर्याए बापत उहाँहरुलाई सम्मान गरेको हो।

वडाले श्री भण्डारा माध्यमिक विद्यालयलाई पनि सम्मान गरेको छ। वडा भवनको निर्माणको लागि जग्गा उपलब्ध गराए बापत वडाले विद्यालयलाई सम्मान गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार