बागमती प्रदेशका निवर्तमान भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा लामाले जनप्रतिनिधिहरुलाई धेरै काम गर्न आग्रह गर्नुभएको छ।

आज राप्ती ६ को वडा भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सो आग्रह गर्नुभएको हो।

आफू मन्त्री रहँदा कृषि लगायतको क्षेत्रमा राम्रो बजेट परेको तथा आफ्नो कार्यकालमा राप्ती नगरपालिका लगायत बागमती प्रदेशका अन्य नगरपालिकाहरुमा राम्रो बजेट परेको उहाँले बताउनुभयो।

परेको बजेट कार्यन्वयनको लागि उहाँले राप्तीका जनप्रतिनिधिहरुलाई थोरै सुत्न र धेरै काम गर्न आग्रह गर्नुभएको छ। आज र अहिलेबाट यस सम्बन्धि ध्यान दिन पनि उहाँले अनुरोध गर्नुभएको छ।

अब पनि कार्यविधि नबनाइ अगाडि बढेँ काम सक्न गाह्रो पर्ने उहाँले बताउनुभयो। स्थानिय चुनाव नजिकिदै जाँदा विकास निर्माणलाई छुट्याइएका बजेटहरु त्यसै खेर जान सक्ने भएकोले चाँडो काम गर्नुपर्ने उहाँको अनुमान रहेको छ।

विकास निर्माण अगाडि बढ्न नसक्नुमा ठेकदारको नि हात रहेको उहाँको ठम्याई छ। अहिले निर्माण भैरहेको पार्क तथा कंक्रिटवालमा पनि त्यस्तै समस्या रहेको उहाँले बताउनुभयो।

“मन्त्री पदमा छैन भनेर दुखी नहुनु अब झन् फुर्सद छ।” उहाँले भन्नुभयो। अब यो समयमा पनि राप्ती तथा खैरहनी नगरपालिकाको विकासको गतिविधिमा ध्यान दिने उहाँले बताउनुभयो।

राजनैतिक विषयलाई जोड्दै उहाँले अहिले पार्टीमा खटपट भएता पनि ऐक्यबद्धताको साथ अगाडि बढ्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार