कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को अन्तिम ३ मा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । दर्शकको भोटबाट विक्की र सन्तोष अगाडि बढ्दा अन्तिम ४ मा पुगेका हिक्मत महराले भने फाइनलमा स्थान बनाउन सकेनन् । भरतमणी पौडेलले भने निर्णायकहरुको छनोटका आधारमा फाइनलमा स्थान बनाइसकेका थिए ।

यो रियालिटी शोको फाइनल असोज २ गते हुनेछ । उनीहरु अहिले गृह जिल्ला भ्रमणमा रहेका र अब दर्शकहरुले उनीहरुलाई फाइनलमा मात्र हेर्न पाउने शो का निर्देशक विशाल भण्डारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार