राप्ती नगरपालिका वडा नम्बर ६ को नयाँ भवनबाट काम अझ सहज हुने नेपाली काँग्रेस राप्ती नगर समितिका सभापति नारायण उप्रेतीले बताउनु भएको छ।

आज वडा भवन उद्घाटनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो। “हामीले पहिला धेरै कष्टकर दिनहरु भोग्यौँ। हामी भुक्तभोगी छौ कि कार्यालयको अभावले काम गर्न कठिनाइ हुन्छ। नयाँ भवनबाट अब काम सहज रुपमा सम्पन्न हुन्छ।” उहाँले भन्नुभयो।

यो भन्दा पहिला चराले गुँड सारेको झैँ कार्यालय सार्नु परेको तर अब यो अवस्था नआउने उहाँले बताउनुभयो।

उहाँले अब जनताका सम्पूर्ण कामहरु आफ्नै वडाबाट गर्ने सुअवसर वडा समितिलाई मिलेको पनि बताउनुभयो।

वडाबासीलाई बधाई र भवन निर्माणका लागि खटिने सम्पूर्णलाई उहाँले धन्यवाद पनि व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार