विकासको हिसाबले राप्ती नगरपालिका ६ अगाडि रहेको वडा अध्यक्ष जल्लु महतोले बताउनु भएको छ। आज वडा भवन उद्घाटन समारोहमा बोल्दै कार्यक्रमको सभाध्यक्ष समेत रहनुभएका महतोले सो कुरा बताउनु भएको हो । जंगल छेउमा कंक्रिट वाल निर्माण सम्पन्न हुनुका साथै जेपी पार्क, भासमाडी गैँडा ताल, नमुना विद्यालय समेत सोही वडामा रहेकोले विकास भाछैन भन्दा आफूलाई अचम्म लाग्ने उहाँले बताउनु भएको छ ।

साथै अहिले वडा भवन बनेको स्थान सबैलाई पायक पर्ने पनि उहाँले बताउनुभयो । भवन बनाउने ठाउँ खोज्न एकदम कष्टकर भएको पाएको ठाउँमा पनि कतिले विरोध गरेको उहाँले बताउनुभयो ।

वडालाई विकासको गतिमा अगाडि बढाउन सबैको हात रहेको उहाँले बताउनुभयो । “यो ठाउँलाई विकास गर्नु तपाई हाम्रो जिम्मेवारी हो, यहाँ भएको पर्यटनको प्रचार गरौँ । वडालाई विकासको गतिमा अगाडि बढाऔँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार