
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ।
दुबै टोलीले एक-एक गोल गरेका हुन्। नेपालले पहिलो हाफमा एक गोल गरेको थियो। दोस्रो हाफमा भारतले गोल फर्काएको हो।
नेपालका लागि अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका थिए। भारतका मिडफिल्डर अनिरुद्र थापाले ५९ औं मिनेटमा गोल फर्काएका हुन्।