आफू अपहरणमा परेको भनी झुठो सुचना दिने महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा बारा घर भइ हाल भरतपुर १२ बस्ने ४५ बर्षीय राजकुमारी चौधरी रहेकी छिन्।

यही १५ गते एन एम बी बैँकको मालपोत चोक शाखाबाट दस लाख रुपैया निकालेर आउने क्रममा नचिनेको मान्छेले अपहरण गरेको र जंगलको झुपडीमा राखेको भनी उनीले झुठो सुचना दिएको प्रहरीले जनाएको छ।

चौधरीलाई आज बिहीबार नियन्त्रणमा लिइ अनुसन्धान भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार