हेटौंडामा खोलाले दुई जना चालकसहित ट्रक बगाएको छ।शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१७ चुनडाँडास्थित कर्रा खोलाले ट्रक बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

बिहानदेखि परेको भारी वर्षाका कारण खोलाको बहाव बढेको थियो। लोड नगरिएको ना ४ ख १४४० नम्बरको १० पाङ्ग्रे ट्रकलाई खोलाले बगाएको हो। त्यसमा सवार दुई जना चालक पनि बेपत्ता छन्।’सिमेन्ट फ्याक्ट्रीमा गएको १० चक्के गाडी थियो। लोड भएको भए बगाउँदैन थियो होला। खाली भएको हुँदा मान्छेसहित गाडी बगायो,’ राठौरले भने।

प्रहरीले अहिले गाडी र बेपत्ता भएकाहरूको खोजी गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार