पूर्वी चितवनको टाँडी चोकमा रहेको A2Z मोबाईल पसलको सटर फोडेर मोबाईल, घडी लगायत सामाग्री चोरी गर्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नाबालक र मकवानपुर राक्सिराङ गाउँपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–१ ज्यामिरे बस्ने २२ वर्षीय कृष्ण तामाङ रहेका छन् । नाबालकको पहिचान गोप्य राखिएको छ ।

उनीहरुलाई भदौ १७ गते राती १ बजेको समयमा खैरहनी–२ सिमलघारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज जिल्ला प्रहरी कार्यलयमा पत्रकार सम्मेलन गरि उनिहरुलाई सार्वजनिक गरिएको हो । उनीहरुको साथबाट विभिन्न कम्पनीका मोबाइल १९ थान, ल्यापटप एक थान, घडी चार थान र चोरीमा प्रयोग भएको एउटा साइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

उनीहरुलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । भदौ १२ गते राती उक्त मोबाइल हाउसको शोरुमबाट विभिन्न कम्पनीका मोबाइल १९ थान, डमी मोबाइल १२ थान, ल्यापटप एक थान र घडी ४ थान चोरी भएको थियो।
आज्ञात समूहहरूले उक्त मोवार्इल हाउसको तिनतल्ले भवनको भुर्इतल्लामा रहेको सटरको ताल्चा रडले फोडी पसलमा बिक्री प्रयोजनको लागि राखिएको अन्दाजी रू. ६,३३,०००/- (छ लाख तेत्तिस हजार) मूल्य बराबरको बिभिन्न कम्पनिको मोवार्इलहरू, ल्याप्टप तथा घडीहरू समेत चोरी भएको भन्दै पसल धनी दिवाकर गुरूङले प्रहरीले जाहेरी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार