नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि वडा तहबाट हुने अधिवेशनको चहलपहल शुरु भएको छ।

जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दाबी गर्न शुरु गरेका छन् भने चितवन जिल्लाको हकमा जिल्ला तहमा सभापतिको उम्मेद्वारी दर्ता गराउनेको ठूलो संख्या लाइनमा छ । यता क्षेत्रमा पनि सर्वसम्मत कसैले पाउने अवस्था देखिएको छैन ।

यहि असोज ५ गते हुने नेपाली काङ्ग्रेसको क्षेत्रीय अधिवेशनमा पूर्वी चितवन अन्तरगतको क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा यतिखेर दुई जनाको उम्मेद्वारी पर्ने निश्चित छ । दुई जनाको उम्मेद्वारी नेपाली काङ्ग्रेस जिल्ला सदस्य खैरहनी कुमरोज निवासी राजु सिलवाल र अर्का नेपाली काङ्ग्रेस जिल्ला सदस्य राप्ती झुरझुरे निवासी किरण भुषण ओली रहेका छन्। सिलवाल रामचन्द्र पौडेल पक्षधरका हुन भने ओली साझा उम्मेद्वार हुन ।सबैलाइ मिलाएर लानु पर्छ भन्दै विगत देखिनै गुठबाट टाढा रहेका नेताको रुपमा ओलीलाइ चिनिदै आएको छ ।

यो भन्दा अगाडि सिलवालले क्षेत्रीय सभापतिमा २ वटा कार्यकाल बिताइसकेका छन् ।

यता किरण भुषण ओलि भने नयाँ दाबेदार हुन । यो दुई बर्षको अन्तरालमा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले पार्टीको विकास र संगठनमा बेवास्ता गरेको ,पटक- पटक सभापति समक्ष पार्टीलाई चुस्त र दुरुस्त राख्न आफुहरुको प्रयास रहेता पनि त्यसलाइ बेवास्ता गरेको बताउदै पार्टी संगठन विस्तार र लोकतान्त्रिक पक्षधरलाई एकीकृत गर्दै पुर्वी चितवनमा एक मात्रै बलियो पार्टी नेपाली काङ्ग्रेसलाइ बनाउन आफ्नो पहल हुने ओलीले बताए ।

नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले २/२ पठक एउटै व्यक्तिको नेतृत्व पाउँदा समेत आफ्नो पार्टी कार्यालय बन्न नसक्नुमा दुखद् व्यक्त गर्दै पार्टी कार्यलय निर्माणका लागि आफैबाट रु. ५,००,०००/- व्यक्तिगत सहयोग गर्छु भन्दा त्यसको बेवास्ता गरेकोमा दुखेसो राख्दै आफ्नो कार्यकालमा यी पूरा हुन नसकेका विभिन्न काम गर्ने समेत बताए ।नेपाली काङ्ग्रेस चितवनको क्षेत्र नम्बर १ मा एक हजार मतदाता रहेको छ भने २५० मतले आफ्नो बिजय हुने ओलिको बिश्वास छ ।

ओली गत स्थानीय निर्वाचनमा राप्ती नगरपालिकाको मेयर पदबाट झिनो मतले पराजित भएका थिए भने युवा माझ ज्यादै लोकप्रिय पनि मानिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार