
काठमाडौं, भदौ १९ । दिनेश कुमार सङ्गौलाको दोस्रो कृति कथा संग्रह मैतुङ्गे सार्वजनिक भएको छ ।
काठमाडौंको हार्दिक होटलमा एक समारोहका बिच शनिबार अनेशासका पूर्व अध्यक्ष राधेश्याम लेकालीको प्रमुख आतिथ्यमा कार्यक्रम समापन भएको हो ।
कथाका घटनाहरू स्वभाविक रूपमा अघि बढेका छन । लेखकले पुस्तक मार्फत सामाजिक रूपान्तर खोज्नुभएको छ । । आफ्नै वरिपरि घुमिरहेका घटनाहरूको परिवेशमा लेखिएको हो मैतुङ्गे । सकारात्मक रूपमा कथाको परिवेश टुंगाइएको छ ” समीक्षक मञ्जिलाले बताए ।
आफ्नै गाउँ ठाउँको कथा आफुले देखेको, भोगेर र सुनेको कथालाई पुस्तकमा उतारेको लेखक सङ्गौलाले बताए । लेखक सङ्गौला नेपाल टेलिभिजनका पूर्व निर्देशक पनि हुन ।
उक्त पुस्तक विएन पुस्तक संसारले बजारमा ल्याएको हो । पुस्तकको मूल्य २२५ रहेको विएन संसारका सञ्चालक सूर्य बिसीले बताए । लेखकको पहिलो पुस्तक कविता संग्रह हो । उक्त कार्यक्रमको सञ्चालन श्री राम राईले गर्नु भएको थियो ।