भदौ १९ गते । पुर्वी चितवनको राप्ती नगरपालिका ५ का विपन्न ९ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

समाजसेवी मुरली प्रसाद गजुरेलको नेतृत्वमा राप्ती ५ मंगलटांडीका ती विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

खाद्यान्न सामाग्रीहरुमा एक बोरा चामल,एक किलो नुन,एक किलो दाल र एक लिटर खाने तेल रहेका छन्।

स्थानीय कृष्णमाया चेपाङ,कान्छीमाया चेपाङ,बहादुर चेपाङ ,सुर्य बहादुर चेपाङ,बिजबहादुर बिक,रेशम्नी परियार,आइतिमाया बिक,दोमन्त बिक र बिरे तामाङलाई खाद्यान्न प्रदान गरिएको हो ।

राप्तीकी समाजसेवी अनिता खरेलले ती परिवारको अबस्थाका बारे जानकारी गराए पछि खैरहनीका समाजसेवी गजुरेलले आर्थिक संकलन गरेका थिए ।हाल अमेरिका बसोबास गर्दै आएका  सोभा पाण्डे र  शिला रेग्मी तथा खैरहनी  ८ पर्सा मगनी चोकका ब्यवसायी   राम उप्रेतीले खाद्यान्न प्रदान गर्न आर्थिक सहयोग गरेका थिए ।

सोही आर्थिक सहयोगबाट खाद्यान्न खरिद गरि चेपाङ र दलित समुदायका ९ परिवारलाई खाद्यान्न बितरण गरिएको समाजसेवी गजुरेलले बताए ।

समाजसेवीहरु गजुरेल र पहलकर्ता खरेलले संयुक्त रुपमा उनिहरुलाई खाद्यान्न वितरण गरेका थिए ।  समाजसेवी गजुरेलले धेरै समय अगिदेखि बिपन्न परिवार र खानलाउन नपाएकाहरुलाई आर्थिक सहयोग जुटाई सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार