
नेपाल र भारतबीच आज साँझ दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजे सुरू हुनेछ। नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्।
यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो। खेलमा नेपालले अग्रता लिए पनि भारतले बराबरी गोल फर्काएको थियो।
नेपालका लागि अञ्जन विष्टले गोल गर्दा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए।