मकवानपुर! चेपाङ समुदायको महान चाँड न्वांगी छोनाम पर्व मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिकाको कार्यलयको प्राङ्गणमा भदौ २२ गते हुने भएको छ।

उक्त कार्यक्रममा नेपाङ समुदाय पहिलो गायक रबिन चेपाङ त्यसै गरि गायिका सुनी माया चेपा, प्रशान्त चेपाङ लगायत अन्य थुप्रै चेपाङ कलाकार हरुको साथमा बृहत साँस्कृतिक कार्यक्रम तथा भेटघाट कार्यक्रम हुने भएको हो। कार्यक्रममा चेपाङ समुदायको नेतागण र लगायत देश भरिका चेपाङ समुदायको उपस्थितिमा मौलिक भेषभुषा प्रदर्शन हुने भएको छ । त्यसै गरि उक्त कार्यक्रम नेपाल चेपाङ संघ राक्सिराङ गाउँ कार्यकरणी समितिले आयोजना गरिएको राक्सिराङ गाउँ कार्यकरणिय सचिब प्रशान्त चेपाङ ले बताए।

कार्यक्रममा तमाम चेपाङ तथा गैर चेपाङ आमा बुबा दाजुभाइ तथा दिदिबहिनी हरुलाई उपस्थित भइ कार्यक्रम सफल बनाई दिनु हुन सचिब चेपाङ ले अनुरोध गर्नु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार