
खैरहनी नगरपालिका ०९ सिमलटाँडी स्थित पुर्व पश्चिम लोकमार्गमा नारायणगढबाट विरगञ्ज तर्फ जादै गरेको ना ३ च १११२ नम्बरको बोलेरोले बिपरीत दिशाबाट आई रहेको साईकललाई ठक्कर दिदा साईकलमा सवार २ जना घाईते भई उपचारको लागी भरतपुर तर्फ पठाईएको छ।
घाइते हुनेमा खैरहनी ०९ सिमलटाँडी निवासी बर्ष ३५ का रुसम अली र ४५ बर्षका वगही महतो रहेका छन्।दुबै सवारी साधन र बोलेरो चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।