
काठमाडौं,भदौ २१ । गएराति देखिको परेको अविरल वर्षातका कारण काठमाडौंका धेरै ठाउँहरू डुवानमा परेका छन ।
राजधानीका मुख्य नदी बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीमा पानीको वहाव सतह बढेको छ ।
राजधानीका धोबीखोला किनार, सुन्दरीघाट र बगमती नदी आसपासका बस्तीहरु डुवानमा परे पनि मानवीय क्षतिको कुनै विवरण आएको छैन ।
यो सँगसँगै काठमाडौंका विभिन्न ठाउँहरू जलमग्न भएका छन ।