
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
जिल्लाको मादी नगरपालिका-१, खोला गाउँका तेजबहादुर कार्की परिवारको अज्ञात समूहद्वारा हत्या भएको हो
धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा परिवारका सबै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले खाँदबारीले जनाएको छ ।
हत्या गरिएकामा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वती कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् ।
बिहान अबेरसम्म ढोला नखोलेपछि छिमेकीहरुले बाहिरबाट धेरै बोलाएको थिए। ढोका नखुलेपछि छिमेकीहरुले नै प्रहरीलाई खबर गरेका थिए।