
चितवन, भदौ २१ –
चितवनमा पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या ९३८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल तथा आइसोलेशनबाट ११ जना संक्रमित निको भएर घर फर्किएको कार्यालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चितवनका १ र मकनावनपुरका १ गरी चितवनमा दुई जना संक्रमितको ज्यान गएको कार्यालयले जनाएको छ