राप्ती ६ को काँग्रेस अधिवेशन स्थगित, मतदान केन्द्र मै कुर्सी तोडफोड र हातपात

नेपाली काँग्रेसको १४ अौँ वडा अधिवेशन अन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ६ को मतदान केन्द्र भैरव आधारभूत विद्यालय पुर्बारीमा सोमवार तोडफोड गरिएको छ ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बेला पार्टी का असन्तुष्ट युवाहरुले मतदान केन्द्रमा तोडफोड गरेका हुन । उनीहरुले मतदान अधिकृत रामनाथ ढकाललाई समेत हातपात गरेको काँग्रेसका नगर सभापति नारायण उप्रतीले जानकारी दिए ।

युवाहरुले कुर्सी तोडफोड तथा हातपात भएपछि सहायक मतदान अधिकृत अनुज पाठकले सुचना निकाल्दै अर्को सुचना जारी नहुन्जेलसम्म अधिवेशन स्थगित गरेको जानकारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार