राजेश प्रजा/राप्ती-विशेष गरि चेपाङ जातीको बसोबास मकवानपुर, चितवन, धादिङ, गोर्खा गरि ४ जिल्लामा रहेका छन् भने वर्तमान समयमा चेपाङ जातीहरु बसाई सरेर तनहुँ जस्ता अरु जिल्ला हरुमा पनि थोरै मात्र रहेको पाइन्छ।

त्यसैगरी अहिलेको अवस्थामा ४ जिल्लाका केही चेपाङ दाजुभाइ तथा दिदिबहिनीहरु मिलेर सरल रुपमा चेपाङ भाषामा वर्णमाला निर्माण गरेका छन्। चेपाङ समुदायका सबै चेपाङ भाषाहरु उच्चारणमा एउटै मात्र नभए पनि फरक जिल्ला अनुसार भिन्नता होला तर बुझ्ने वा बुझाउने अर्थ भने एउटै रहेको पाइन्छ।

वर्णमाला चेपाङ भाषामा पुर्ण रूपमा शुद्धता र स्पष्टता रहेको छ। सहयोगीमा हिमाली आदिवासी समाज नेपाल नामक संस्थाले सहयोग गरेको तथा राष्ट्रिय आदिबासी जनजाती महिला संघले प्रकाशन गरेको धादिङ जिल्लाका युवा गायक तथा संगीतकार सन्तोष चेपाङले जानकारी दिए ।

उक्त वर्णमालामा चारै जिल्लाका चेपाङ जातिहरु वा चेपाङ दाजुभाइ तथा दिदिबहिनी मिलेर निमार्ण गरेको हुनाले चेपाङ वर्णमालामा केही खोट नभएको पनि चेपाङले सजिलोपाटीलाई बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार