काठमाडौं । सखी प्रतिष्ठानले हिजो २०७८ भदौ २० ग्रीनल्याण्ड होटल, भक्तपुरमा सम्मान एवं तीज विशेष कार्यक्रमको आयोजना गरी
सस्कृतिविद एवं साहित्यकार शशी थापा पण्डित, चर्चित गायिका टीका प्रसाईं र शिक्षासेवी लीला न्याइच्याईलाई सखी सम्मान प्रदान गरेको छ ।

सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा सप्पन्न सो कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगको
सूचना आयुक्त मा. कमला ओली रहनु भएको थियो ।

कार्यक्रममा सखी प्रतिष्ठानका संरक्षक राधेश्याम लेकाली, समाजसेवीहरु माला खरेल, सङगीता शर्मा, पत्रकार संगीता सारथी, साहित्यकार नीता श्रेष्ठ आदिको उपस्थिति रहेको थियो ।

सस्थाका उपाध्यक्ष कमला रिसालले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रमको संचालन महासचिव एल्सा झाले गर्नु भएको थियो । कार्यक्रममा सम्मानित एवं प्रसिद्ध गायिका टीका प्रसाईंले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा सहभागीहरुले सामुहिक गीत र नृत्यहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार