राप्ती। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत राप्ती नगरपालिको वडा सभापतिको अधिवेशनमा ३ वडामा निर्वाचन , ९ वटा वडामा सर्वसम्मत र १ वडामा निर्वाचन स्थगित भएको छ।

निर्वाचन भएको वडा नं.  १ मा काशिराम चालिसे , वडा नं. ४ मा डाल बहादुर श्रेष्ठ  र वडा नं. ८ मा जिना गुुरुङले सभापतिमा जितेका छन् ।यस्तै सर्वसम्मतको रुपमा वडा नं. २ मा डाला प्रसाद तिमिल्सिना , वडा नं. ३ मा दिपा सुवेदी , वडा नं. ५ मा उद्धवराम धरेल , वडा नं. ७ मा भिमसेन सिलवाल, वडा नं. ९ मा नवराज गुुरुङ,  वडा नं. १० मा भिम बहादुर तामाङ, वडा नं. ११ मा होमराज प्रजा, वडा नं. १२ मा अशोक कुमार जिम्बा र  वडा नं. १३ मा अशोक प्रजा वडा सभापति हुनुु भएको छ ।

राप्ती नगर पालिका वडा नं. ६ मा भने विवाद चर्किएर मतदान केन्द्रमै तोडफोडका कारण अधिवेशन स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार